शिक्षामन्त्री पुनद्वारा शिक्षक तथा प्राध्यापक सङ्घ–सङ्गठनलाई मान्यता नदिने निर्णय

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of शिक्षामन्त्री पुनद्वारा शिक्षक तथा प्राध्यापक सङ्घ–सङ्गठनलाई मान्यता नदिने निर्णय

आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ शीर्षकको विज्ञप्ति जारी गर्दै मन्त्री पुनले राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सङ्घ–सङ्गठनहरूलाई शिक्षा मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जनाएका हुन्।

मन्त्री पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठनवा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ–सङ्गठनलाई मन्त्रालयले मान्यतानदिने निर्णय गरेको जानकारी गराउँदछु।”

उनले शिक्षक महासङ्घ, प्राध्यापक सङ्घलगायत शिक्षा क्षेत्रमा सक्रिय सङ्घ–सङ्गठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन आह्वान गरेका छन्। साथै, सो उद्देश्यका लागि आवश्यक कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि आग्रह गरिएको छ।

शिक्षामन्त्री पुनको यो निर्णय शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावमुक्त बनाउन खोजिएको कदमका रूपमा हेरिएको छ।