वन व्यवस्थापन सिध्दान्त तथा अभ्यास
Ecoecopolitics Desk२ हप्ता अगाडि
- मैले किताब लेख्नेको आधारहरू – नेपालमा वन व्यवस्थापनमा देखिएको इतिहास सवाल र समस्याहरूलाई उचित तरिकाले सम्बोधन नभएको अनुभूति गरेकोले आफ्नो २९ वर्षको सरकारी जागिर ,१० वर्षको प्राध्यापनको अनुभव र वन व्यवस्थापन विषयमा स्नातकोतर समेत गरेकोले आफ्नो एउटा परम कर्तव्य ठानी निम्न बुँदाको आधारलाई औचित्य ठानी किताब लेखेको हो -
- वन क्षेत्रको सुधार , विकास र सुशासनको लागि विभिन्न समिति, आयोग गठन हुने तथा प्रभावकारी दीर्घकालीन , मध्यकालीन तथा अल्पकालीन सोचको उचित निकास नभएकोले केही हद सम्म अग्रगामी निकास हुन सजिलो हुन /
- वन उत्पादनको नियमन गर्दा कति गर्ने , कहाँ गर्ने , कहिले सम्म गर्ने , रणनैतिक तथा अल्पकालीन दृष्टिकोणको आधार खडा गर्न मद्दत पुग्ने /
- वन विषय प्राविधिक विषय समेत भएकोले यसको कार्यान्वयन पक्षमा व्यवस्थापकलाई विभिन्न कानुनी अड्चन तथा वाधालाई समाधान गर्न एक लचिलो मार्गदर्शन तयार गर्न सघाउ पुग्ने/
- वनका विभिन्न विषय जस्तै बहु उपयोग वन व्यवस्थापन , वालि चक्र , पारिस्थितिकीय प्रणाली , वनको मूल्य तथा मुल्यांकन , वनको दिगो वन व्यवस्थापन ,वन प्रमाणीकरण, आदर्श वन , उत्पादन नियमन आदि विभिन्न विषयहरू छरिएर रहेकोले एकै स्थानमा अवधारणा तथा अभ्यास विभिन्न सरोकारवालालाई बुझ्न सजिलो हुन /
- वन व्यवस्थापन विषयमा विभिन्न विषयमा समान बुझाई कायम गर्न मदत पुग्न /
- वन व्यवस्थापन विषयमा कानुनका जानकार , कानुन अनुसार फैसला गर्ने अधिकारीहरूलाई अवधारणा तथा अभ्यास बुझ्न सजिलो गर्न /
- वन व्यवस्थापन विषय विभिन्न तह प्रमाणपत्र देखि स्नातक सम्म अंग्रेजी भाषामा रहने तथा अंग्रेजी भाषा कमजोर भएकोहरुलाई बुझ्न गाह्रो भएकोले बुझन सजिलो गर्न /
- नेपालको अधिकांश भाग सामुदायिक वन तथा साझेदारी वनमा रहेकोले उपभोक्ताहरू नै व्यवस्थापक रहेकोले उनीहरूलाई बुझ्न सजिलो हुन् /
- वनको व्यवस्थापन भएर वनको उत्पादकत्वमा वढोतरी , सामाजिक सम न्याय र वनको स्थायित्व कायम गर्न /
- किताबमा के विशेषता छ ?
किताबमा विभिन्न विशेषताहरू मध्य एउटा आदर्श वनको उदाहरणमात्र यंहा प्रस्तुत गरिएको छ /
२.१ आदर्श वनको अवधारणा व्यवहारमा कस्र्री लागु गर्ने र वन व्यवस्थापन गर्दा वन लाई कसरी आदर्श वन तिर लाने प्रयास गर्ने ?
२.१.१. आदर्श वनको अवधारणा के हो ? आदर्श वन त्यस्तो वन हो जसमा आदर्श उमेरको क्रम वा आदर्श उमेर समूह हुन्छ, आदर्श वृद्धि हुन्छ र परिणामतः आदर्श वृद्धी मौज्दात हुन्छ ।
२.१.२ के नेपालमा आदर्श वन सम्भव छ ?तालिका२.१.२ मा एउटा अनुमानित उदाहरण बाट नेपालमा यस्तो अवस्थाको वन हुन् सक्ने भएकोले आदर्श वनको एउटा शर्त आदर्श उमेर समुह रहेकोले आदर्श उमेरको वन बनाउने प्रयास गर्नु सबैको जिम्मेवारी हो /
तालिका२.१.२ वनको उमेर समूह तथा वन क्षेत्रफल
क्र.सं. उमेर समूह (वर्ष ) क्षेत्रफल हे. मा
१. १–१० ७५०
२. ११–२० २५०
३. २१–३० २५०
४. ३१–४० ७५०
५. ४१–५० १२५०
६. ५१–६० ०
७. ६१–७० १२५०
८. ७०+ २५००
जम्मा ७,००० हे
२.१.३ माथिको तालिका २.१.२ लाई ५० वर्षमा यसरी आदर्श वनको दिशा तिर लान सकिन्छ र ५० वर्षमा ४१ वर्ष देखि माथिको रुखहरु काट्दा तल उल्लेखित चित्र कायम हुन्छ /
.jpg)
२.१.४ निष्कर्ष - माथिको चित्रबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ
क) १ देखि १०, ११ देखि २० , २१ देखि ३० , ३१ देखि ४० , ४१ देखि ५० वर्षमा १००० हे , १००० हे , १००० हे , १००० हे र १००० हे गरि जम्मा ५००० हे को वन उमेर समूहको मिलेको कायम गरियो तर क्षेत्रफलको हिसाबले ५१ देखि ६० वर्ष , ६१ देखि ७० वर्ष , ७१ देखि ८० वर्ष , ८१ देखि ९० वर्ष को क्रमशः ७५० हे २५० हे , २५० हे र ७५० हे कायम भयो / तर ५१ देखि ६० वर्ष र ६१ देखि ७० वर्षको १००० हे र १००० हे हुनु पर्नेमा २५० हे र ७५० हे कायम भएकोले आदर्श उमेर समुह क्षेत्रफल हुन सकेन / तर समष्टिमा आदर्श क्षेत्रफलको उमेर समुह कायम भयो भनेर निष्कर्ष निकाल्न सकिन्छ /
ख) अब हामीले यस्ता किसिमको वनहरू कहाँ कहाँ रहेको अवस्था छ त्याँहा माथि उल्लेखित हिसाबले वन व्यवस्थापन गरि आदर्श वन उमेर समुहको हिसाबले बनाउने तिर लाग्नू श्रेयस्कर हुन्छ /
/


लेखकको परिचय
- श्याम प्रसाद शर्मा , प्याकुरेल
- जन्म मिति -२०१६ असोज ११
- जन्म स्थान – जिल्ला सप्तरी , छिनन्मस्ता गाउँ पालिका,सखडा, हाल मध्यपुर थिमी न. पा.,वा न ३ गठठाघर,भक्तपुर
- शैक्षिक योग्यता – B.Sc., A.I.F.C.,M.S. ( वन श्रोतहरु ब्यबस्थापन)
- अनुभव – नेपाल सरकारमा २९ वर्ष सेवा ( उपसचिव प्रा वाट निवृत ) , १० वर्ष वन विज्ञान अध्ययन संस्थान हेटौडा, पोखरा तथा काठमाडौँ फरेस्ट्री कलेज उप- प्रशिक्षक, सहायक प्राध्यापक तथा आगन्तुक शिक्षक
- प्रकाशन – १५ वटा बिभिन्न लेख प्रकाशन








