रास्वपाबाट सिफारिस भएकी डा. त्रिशाला गुरुङले उम्मेदवारी फिर्ता

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of रास्वपाबाट सिफारिस भएकी डा. त्रिशाला गुरुङले उम्मेदवारी फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएकी डा. त्रिशला गुरुङले आफ्नो नाम फिर्ता लिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उम्मेदवार सिफारिस गरिएकामा पार्टीप्रति धन्यवाद व्यक्त गर्दै गहन आत्ममूल्यांकनपछि उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको बताएकी हुन्। आफ्नो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्ने तथा नागरिक समाज र समुदायमा स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने दृढ संकल्प नै निर्णयको मुख्य कारण रहेको उनले उल्लेख गरेकी छन्। गुरुङले यसअघि उज्यालो नेपाल पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्।

उनको लेखेकी छन्

उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु।

यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो।

म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु। राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहनेछु।

अन्त्यमा, पार्टीको भावी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

डा. त्रिशाला गुरुङ