शिक्षामन्त्री पुनको कडा सन्देश: विद्यालय–विश्वविद्यालयमा राजनीति बन्द गरौं

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of शिक्षामन्त्री पुनको कडा सन्देश: विद्यालय–विश्वविद्यालयमा राजनीति बन्द गरौं

काठमाडौं — शिक्षामन्त्री महावीर पुनले विद्यालय र विश्वविद्यालयमा भइरहेका राजनीतिक हस्तक्षेप र चलखेलप्रति असन्तुष्टि जनाउँदै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका

सामाजिक सञ्जालमार्फत उनले जारी गरेको सूचनामा भनेका छन्, “संविधानले दिएको अधिकार कसैले खोस्न सक्दैन। तरराजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा पुर्‍याउने र विद्यार्थीको भविष्यसँग खेलवाड गर्नेकार्य स्वीकार्य छैन।”

 

मन्त्री पुनका अनुसार सिटिइभिटी, विद्यालय र विश्वविद्यालयहरूमा विभिन्न राजनीतिक हस्तक्षेपका कारण शिक्षामा अव्यवस्था बढेको र अभिभावक तथा विद्यार्थीबाट हजारौं उजुरी आएका छन्। उनले भनेका छन्, “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनिभ्रष्टाचारकै एक रूप हो।”

 

पुनले यस विषयमा सर्वोच्च अदालतले दिएका आदेश र प्रचलित ऐन–कानुनका धाराहरू अध्ययन गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।

 

आगामी फाल्गुन २१ गते हुने चुनावलाई संकेत गर्दै उनले विद्यालयमा पठन–पाठनमा असर नपर्ने गरी प्रचार–प्रसार सञ्चालन गर्न समेत अनुरोध गरेका छन्।

उनले अन्त्यमा भनेका छन्, “‘नविराउनु, नडराउनु’ भन्ने नेपाली उखान छ। शिक्षा क्षेत्रलाई स्वच्छ राख्न सबैले आफ्नो जिम्मेवारीइमानदार रूपमा निभाऔँ।” 🌹