विशेष महाधिवेशनको नाममा कांग्रेसमा फर्जी हस्ताक्षर, मृतकको नाममा समेत हस्ताक्षर

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of विशेष महाधिवेशनको नाममा कांग्रेसमा फर्जी हस्ताक्षर, मृतकको नाममा समेत हस्ताक्षर

काठमाडौँ — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको क्रममा मृत व्यक्तिका नामबाट समेत सहि गरिएको खुलासा भएपछि पार्टीभित्रको नैतिकता, अनुशासन र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठेको छ। सुनसरीका दिवंगत नेता लाली मेहताको नाम हस्ताक्षर सूचीमा भेटिएपछि स्थानीय कार्यकर्ताहरूले व्यंग्यात्मक टिप्पणी गर्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। त्यही क्रममा केही कार्यकर्ताले आफूलाई जानकारी नदिई नाम ‘कृते’ गरिएको भन्दै पार्टी संगठनमा औपचारिक उजुरीसमेत दर्ता गरेका छन्। फर्जी नाम समावेश भएको आरोपसँगै पार्टीभित्र गुटबन्दी, सत्ता–खोजी र संगठन कब्जा गर्ने मानसिकता अझै बलियो रहेको कार्यकर्ताहरूको आरोप छ।

नेतृत्वको औपचारिक प्रतिक्रिया अझै सार्वजनिक नभए पनि जिल्लादेखि केन्द्रसम्म छानबिन र कडा कारबाहीको माग तीव्र बन्दै गएको छ। विशेष महाधिवेशनको नाममा फर्जी हस्ताक्षर गरिएको प्रमाण सार्वजनिक भएपछि पार्टीभित्रको वातावरण झनै तनावपूर्ण बनेको कार्यकर्ताहरू बताउँछन्। उनीहरूले केन्द्रीय नेतृत्वलाई तत्काल छानबिन समिति गठन गरी सत्य–तथ्य बाहिर ल्याउनुपर्नेमागसमेत उठाएका छन्।