रोनाल्डो बिना पनी पोर्चुगलको ९–१ को भव्य जित, विश्वकप २०२६ को लागी छनोट
Ecoecopolitics Desk७ महिना अगाडि
पोर्चुगलले आर्मेनियामाथि ९–१ को एकपछि अर्को गोल वर्षाउँदै २०२६ फिफा विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। अघिल्लो खेलमा आयरल्याण्डका डारा ओ’शियासँगको भिडन्तमा एल्बो हानेको आरोपमा रेड कार्ड पाएका क्रिस्टियानो रोनाल्डो निलम्बनका कारण यो निर्णायक खेलमा अनुपस्थित थिए। तर रोनाल्डो नहुँदासमेत पोर्चुगलको खेलकुद क्षमतामा कुनै कमी देखिएन।
खेलको सुरुवातमै रेनाटो वेइगाले गरेको गोलले पोर्चुगललाई अग्रता दियो। त्यसपछि टोलीका प्रमुख मिडफिल्डर ब्रुनो फर्नान्डेस र युवा स्टार जोआओ नेभेसले ह्याट्रिक गर्दै खेललाई एकतर्फी बनाए। गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइसाओले पनि गोल जोड्दै जितलाई ऐतिहासिक बनाए। यो जितसँगै पोर्चुगल समूहको शिर्ष स्थानमा रहँदै विश्वकपमा प्रत्यक्ष प्रवेश गर्न सफल भयो। यस सफलता पछि रोनाल्डोसामु अब रेकर्ड छैटौँ विश्वकप खेलने दुर्लभ अवसर खुलेको छ।








