दुर्गा प्रसाई मध्यराति पक्राउ
Ecoecopolitics Desk४ हप्ता अगाडि
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संरक्षण भन्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका व्यवसायी दुर्गा प्रसाई सोमबार मध्यराति पक्राउ परेका छन्। भक्तपुरस्थित उनको निवासमा दुई दर्जनभन्दा बढी प्रहरी परिचालन गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर भद्रकाली ल्याइएको हो।
प्रसाईको सचिवालयले दिएको जानकारीअनुसार उनी घरमै रहेका बेला प्रहरीले अप्रत्यासित रूपमा छापा मारी पक्राउ गरेको जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रसाईलाई सोमबार राति पक्राउ गरी भद्रकालीमा राखिएको हो।
७ मंसिरदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ अन्तर्गत आन्दोलन चर्काउने घोषणा गर्दै आएका प्रसाई हालैको दिनमा देश ठप्प पार्ने चेतावनीसहित उग्र अभिव्यक्ति दिइरहेका थिए। यही कारण सुरक्षा एजेन्सीहरूले उनलाई ‘नोटिस’ मा राखेर गतिविधि निगरानी गर्दै आएको स्रोतको दाबी छ।
आन्दोलनको तयारीमै रहेका बेला पक्राउ परेका प्रसाईलाई प्रहरीले अब आवश्यक अनुसन्धान अघि बढाउने बताएको छ।



.jpeg)



