नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन

Author ImageEcoecopolitics Desk७ महिना अगाडि
Image of नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन

काठमाडौं – नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्यक्रममा फोर्सको नेतृत्व दिलिप श्रेष्ठलाई सुम्पेका छन्। सो अवसरमा प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राई लगायतका नेताहरू मञ्चमा उपस्थित थिए। ओलीले फोर्स गठनको तयारीमा आफैं प्रत्यक्ष संलग्न भएको र अब जनताको सुरक्षा एमालेले गर्ने बताएका छन्।

 

ओलीले भने, “फोर्स कहीं पनि शान्ति खल्बल्याउँदैन, आफ्ना वा विपक्षी सबैको जीउधनको रक्षा गर्दछ र राष्ट्रिय सम्पत्तिको सुरक्षा पनि गर्छ।” फोर्सको घोषणा गत १६ कात्तिकमा गरिएको थियो र महेश बस्नेत संयोजक भएर कार्यदल गठन गरिएको थियो। ओलीले यस कार्यक्रममार्फत फोर्सको उद्देश्य र राष्ट्रिय शान्ति कायम राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।