मुस्लिम महिलासम्बन्धी प्रधानमन्त्रीको अमर्यादित टिप्पणी: युवा नेता अन्सारीको तथ्यसहित बोल्न सुझाव
Ecoecopolitics Desk४ महिना अगाडि
कांग्रेस नेता अबुल हुसेन अन्सारीले प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको हालैको अभिव्यक्तिप्रति असन्तोष प्रकट गरेका छन्। अन्सारीले उक्त टिप्पणी समुदायको भावना प्रतिकूल रहेको भन्दै प्रधानमन्त्रीलाई तथ्य आधारित अभिव्यक्ति दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जारी गर्दै अन्सारीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू विवादास्पद बन्दै गएको उल्लेख गर्दै सबै समुदाय र संस्कृतिप्रति सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उक्त विषयमा मुस्लिम समुदायका केही प्रतिनिधिहरूले पनि आपत्ति जनाउँदै सरकारसँग आधिकारिक स्पष्टिकरण माग्ने तयारी गरिरहेको जनाइएको छ। घटनापछि मुस्लिम महिला अधिकार र धार्मिक संवेदनशीलतासम्बन्धी बहस सार्वजनिक रूपमा थप चर्किएको छ।








