नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा १६ जनाको आवेदन

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा १६ जनाको आवेदन

नेपाल वायुसेवा निगम (Nepal Airlines) ले खुला प्रतिस्पर्धाबाट माग गरिएको महाप्रबन्धक (GM) पदका लागि तोकिएको समयसीमाभित्र जम्मा १६ जनाले आवेदन दिएका छन्।गोरखापत्र दैनिकमार्फत कार्तिक २७ गते प्रकाशित १५ दिने सूचना अनुसार मंसिर ११ गते बुधबारसम्म छनोट समितिको सचिवालयमा १६ दरखास्त परेको निगमले जानकारी दिएको छ।

निगमका अनुसार ‘नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोटसम्बन्धी कार्यविधि, २०८२’ अनुसार अब दरखास्त मूल्यांकनसहित अगाडि प्रक्रियागत काम अघि बढाइनेछ।

निगम लामो समयदेखि नेतृत्व अभावका कारण सञ्चालन तथा व्यवस्थापनमा चाप बढेको भन्दै महाप्रबन्धक छनोट प्रक्रियालाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताइएको छ।