दिपक भट्टको सानेपा निवासमा सीआईबीको छापा,

Author ImageEcoecopolitics Desk४ महिना अगाडि
Image of दिपक भट्टको सानेपा निवासमा सीआईबीको छापा,

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादास्पद व्यापारी दिपक भट्टको ललितपुर सानेपा स्थित किरण भवनमा आइतबार अपरान्ह छापा मारेको छ। सीआईबीको विशेष टोली भट्टको आवासमा पुगेपछि शंकास्पद कागजातहरूसहित एउटा पिकअप भ्यानभरि सामग्री नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ।

भट्टमाथि सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजश्व विभाग तथा राजश्व अनुसन्धान विभागमा आर्थिक अपराधसम्बन्धी उजुरीहरू दर्ता भएका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि छुट्टै उजुरी परेको छ, जसले उनका कारोबार र स्रोत प्रष्ट नहुँदै आएको आरोपमा थप प्रश्न उठाएको छ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारलाई प्रभावमा पारेर आफ्नो विरुद्धका प्रक्रिया रोक्ने प्रयास भट्ट समूहले गरिरहेको आरोपसमेत सार्वजनिक भइरहेका बेला सीआईबीले गरेको यो छापा निकै महत्वपूर्ण मानिएको छ। बरामद कागजातहरूको प्रारम्भिक विश्लेषणपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।