कालीमाटी बजारले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य

Author ImageEcoecopolitics Desk२ हप्ता अगाडि
Image of कालीमाटी बजारले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा अन्य कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा, आलु, प्याजदेखि च्याउ, माछा, सागसब्जी र फलफूलसम्मका दर समायोजन गर्दै समितिले दैनिक मूल्य सूची सार्वजनिक गरेको हो।

 

समितिअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो रु ११०, भारतीय रु १२०, सानो (लोकल) रु १००, सानो (टनेल) रु १३५, सानो (भारतीय) रु ९५ र तराईको सानो गोलभेँडा प्रतिकिलो रु १२० कायम गरिएको छ। आलु रातो प्रतिकिलो रु ५२, भारतीय रातो रु ४२, सेतो आलु रु ४० र भारतीय सुकेको प्याज प्रतिकिलो रु ३२ निर्धारण गरिएको छ।

 

तरकारीतर्फ गाजर (लोकल) रु १५०, बन्दा (लोकल) रु ७०, तराई बन्दा रु ६०, नरिवल बन्दा रु ५५, काउली (ज्यापु) रु ८०, रातो मूला रु ६०, हाइब्रिड सेतो मूला रु ५५, भन्टा डल्लो रु ८०, तने बोडी रु १७० र मकै बोडी प्रतिकिलो रु ७० तोकिएको छ। यस्तै मटरकोसा रु १५०, घिउ सिमी स्थानीय रु १६०, टाटे सिमी रु १५०, तिते करेला रु ११०, लौका रु ८०, घिरौँला रु १५०, सलगम रु १२०, भिन्डी रु ११०, सखरखण्ड रु ८० र स्कुस प्रतिकिलो रु ३० रहेको छ।

 

सागसब्जीतर्फ रायोसाग रु ८०, पालुङ्गो रु १८०, चमसुर रु १२०, तोरीको साग रु ७०, मेथी साग रु १६०, हरियो प्याज रु ७०, बकुला रु १५५, तरुल रु ९०, च्याउ (कन्य) रु २२०, डल्ले च्याउ रु ४०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ। ब्रोकाउली रु १८०, चुकुन्दर रु ९०, रातो बन्दा रु १५०, जिरीको साग रु ६५०, सेलरी रु ३२०, पार्सले रु ७००, पुदिना रु ६०० तथा सौफको साग प्रतिकिलो रु १६० तोकिएको छ।

 

फलफूलतर्फ स्याउ (झोले) रु २५०, फुजी रु ३००, केरा (दर्जन) रु १६०, कागती रु १२०, अनार रु ४००, सुन्तला रु १२०, तरबुजा रु ८०, जुनार रु २६०, निबुवा रु ६०, मेवा नेपाली रु ७०, भारतीय ११०, अम्बा रु १००, किबी रु २५० र स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५०० तोकिएको छ।

 

मसला र अन्य वस्तुहरूमा अमला रु ८०, अदुवा रु ७०, हरियो खुर्सानी रु १००, माछे खुर्सानी रु १४५, अकबरे खुर्सानी रु १५०, हरियो लसुन रु २००, धनियाँ रु १५०, चाइनिज सुकेको लसुन रु २००, नेपाली सुकेको रु १६० र छ्यापी सुकेको रु २०० निर्धारण गरिएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो रु १०००, ताजा रहु रु ३४०, बचुवा रु २८० र छडी रु २५० कायम गरिएको छ।

 

समितिले दैनिक माग, आपूर्ति र बजार स्थितिअनुसार मूल्य निर्धारण गरिने बताउँदै उपभोक्ता र व्यापारी दुवैलाई अद्यावधिक मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ।