कांग्रेस महाधिवेशन तातिँदै, गगन थापाले सभापति उम्मेदवारी घोषणा

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of कांग्रेस महाधिवेशन तातिँदै, गगन थापाले सभापति उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पन्ध्रौं महाधिवेशनका लागि सभापति पदमा आफ्नो उम्मेदवारी आधिकारिक रूपमा घोषणा गरेका छन्। हिमालयन टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै थापाले बहुसंख्यक कांग्रेस कार्यकर्ताले आफ्नै पक्षमा जनादेश दिने विश्वास व्यक्त गरे।

उनका अनुसार अबको नेतृत्व परिवर्तनले कांग्रेसलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्नेछ। थापाले भने, “म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो। यो ऐतिहासिक पार्टीलाई बहुसंख्यक साथीहरूले नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने दृढ विश्वास छ।” उनले पार्टीलाई संगठनात्मक सुधार, पारदर्शिता र नीतिगत स्पष्टतासहित अगाडि बढाउने प्रण पनि व्यक्त गरे।

मंसिर १७ गते काठमाडौंमा गरिएको उक्त घोषणाले कांग्रेसभित्र नेतृत्व प्रतिस्पर्धा थप चर्किने संकेत दिएको छ। थापाको उम्मेदवारीसँगै पार्टीभित्र नयाँ पुस्ता र पुराना नेतृत्वबीचको बहस आगामी दिनमा झनै रोचक हुने देखिएको छ।