त्रिवि रंगशालामा आज दुई रोचक खेल, प्लेअफ समीकरण झन् चर्कियो
Ecoecopolitics Desk१ हप्ता अगाडि
प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदै छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोयल्स र प्लेअफ सुरक्षित गरिसकेको विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। दिउँसो ३:३० बजे भने चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
६ खेलमा सबै जित निकाल्दै १२ अंकसहित पहिलो क्वालिफायरमा पहिल्यै प्रवेश गरेको सुदूरपश्चिम आजको खेलमा दबाबमुक्त रहनेछ। तर विराटनगरका लागि आजको नतिजा निकै महत्वपूर्ण छ। ८ अंकसहित प्लेअफमा पुगेको विराटनगरले पहिलो क्वालिफायर खेल्न आज सुदूरपश्चिमलाई हराउनैपर्नेछ। राम्रो रनरेटसहित जित निकाल्न सके विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ, अन्यथा लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्ने तय भएको छ।
दिउँसो हुने दोस्रो खेल भने प्रतिष्ठा जोगाउने भिडन्त मात्र रहनेछ। प्लेअफ दौडबाट बाहिरिएर ६ खेलमा ४/४ अंकसँगै समान स्थितिमा रहेका चितवन राइनोज र पोखरा एभेन्जर्सबीच अन्तिम अवसरमा प्रभावशाली प्रदर्शन गर्ने प्रयास रहनेछ



.jpeg)



