नेपाली कांग्रेस मोरङ–३ : सुनिल शर्माको एकल नाम सिफारिस

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of नेपाली कांग्रेस मोरङ–३ : सुनिल शर्माको एकल नाम सिफारिस

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ। क्षेत्रीय समितिबाट एकै नाम सिफारिस भएपछि शर्मा पुनः उम्मेदवार बन्ने लगभग सुनिश्चित भएको छ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा शर्मा सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए। यसपटक पनि सर्वसम्मत रूपमा आफूलाई सिफारिस गरिएकोमा उनले खुसी व्यक्त गर्दै पार्टीको विश्वास कायम राख्ने प्रतिबद्धता जनाए।

पार्टीले विश्वास गरेर सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेकोमा म निकै खुसी छु। यो मेरो राजनीतिक जीवनको अविस्मरणीय क्षण हो,’ शर्माले भने, ‘मोरङ–३ मा कांग्रेस एकढिक्का छ भन्ने सन्देश देशभर पुगेको छ। मप्रति पार्टीले गरेको विश्वास र भरोसा गिर्न दिन्न।’

क्षेत्रीय समिति स्तरमै एकल नाम सिफारिस हुनु कांग्रेस मोरङ–३ मा संगठनात्मक एकताका रूपमा लिइएको छ।