एनपीएल सिजन–२ सम्पन्न, रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित

Author ImageEcoecopolitics Desk३ महिना अगाडि
Image of एनपीएल सिजन–२ सम्पन्न, रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ आज औपचारिक रूपमा सम्पन्न भएको छ। सिजन–२ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्।

उत्कृष्ट प्रदर्शन गरेबापत पौडेलले ओमोडा कार पुरस्कार प्राप्त गरेका छन्। साथै, उनी प्रतियोगिताकै उत्कृष्ट ब्याटरसमेत बनेका छन्, जसबापत उनले पल्सर बाइक पुरस्कार जित्न सफल भएका छन्।

त्यसैगरी, लुम्बिनी लायन्सका शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी घोषित भएका छन्। उनले उत्कृष्ट उदीयमान खेलाडी बनेबापत पल्सर बाइक पुरस्कार प्राप्त गरेका छन्।

लुम्बिनी लायन्सकै रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले यस उपाधिसहित पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट बलर बनेका छन्। उनले पनि उत्कृष्ट बलर बनेर पल्सर बाइक पुरस्कार हात पारेका छन्।

एनपीएल सिजन–२ ले नेपाली क्रिकेटमा नयाँ प्रतिभा र प्रतिस्पर्धात्मक खेलको स्तरलाई अझ उचाइमा पुर्‍याएको आयोजकको भनाइ छ।