सागर ढकाल : ‘चुनावको विकल्प छैन, लोकतान्त्रिक अभ्यास प्रविधियुक्त बनाउनुपर्छ’

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of सागर ढकाल : ‘चुनावको विकल्प छैन, लोकतान्त्रिक अभ्यास प्रविधियुक्त बनाउनुपर्छ’

सरकार, राजनीतिक दल र जेनजीबिच बुधबार बालुवाटारमा सम्पन्न त्रिपक्षीय संवादपछि जेनजीका प्रतिनिधि सागर ढकालले ‘चुनावको विकल्प छैन’ भन्दै लोकतान्त्रिक अभ्यासलाई प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिएका 

पत्रकारहरूसँग कुरा गर्दै ढकालले भने, ‘चुनावको विकल्प छैन, अब प्रश्न यसको प्रक्रिया र विधि कस्तो हुने भन्ने हो।’ उनका अनुसार सरकारले पहिलोपटक यस्तो संवादको थालनी गरेको छ, जसमा सबै पक्षले सहभागी भएर सहकार्य र समाधानको बाटो खोज्दै छन्।

ढकालले भने, ‘प्रजातन्त्र आएको ७५ वर्ष बितिसक्यो, तर अहिलेसम्म पूर्ण कार्यकाल पूरा गर्ने सरकार बन्न सकेको 

उनले प्रविधिको प्रयोगलाई अब राजनीतिक दलहरूले पनि आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘जेनजीले लिएको प्रविधिको बाटो अब दलहरूले पनि अवलम्बन 

बैठकमा आफूले विदेशमा रहेकालाई मतअधिकार दिनुपर्ने कुरा राखेको समेत जानकारी दिए ।