चुनावी सहकार्यको संकेत? लामिछाने र बालेनबीच रातभर छलफल

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of चुनावी सहकार्यको संकेत? लामिछाने र बालेनबीच रातभर छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो छलफल भएको छ। कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको स्रोतले जनाएको छ।

सोमबार साँझ ८ बजेदेखि सुरु भएको छलफल मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो। छलफलमा रास्वपाका तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट मेयर शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए।

स्रोतका अनुसार भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल, राजनीतिक सहकार्य र साझा एजेन्डाका विषयमा गम्भीर छलफल भएको थियो। यद्यपि, छलफलपछि कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन। दुवै पक्षले संवादलाई सकारात्मक रूपमा निरन्तरता दिने सहमति जनाएको बताइएको छ।

भेटवार्ता सकिएपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीबाट बाहिरिएका थिए, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।