गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् सुर्य थापा

Author ImageEcoecopolitics Desk३ महिना अगाडि
Image of गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् सुर्य थापा

गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् । 

एमाले  नेता सूर्य थापा भन्छन्:

गाँजा तानेर लुसिफर(दलाल/शैतान)ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैले हटाउँदै खुब आनन्द मानेको रहेछ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ। 

बाबुले सिंहदरबार बैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीनदिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ। अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ/गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ! म शुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो लुसिफर र दलाल भएको हो । गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् ! 

अब समवेत् स्वरमा भनौं- गाजा तान्न जान्नेहरू गाजा तानेर लेखौं...! मलाई बहुत खुशी लागेको छ, गजेडी आफै उदाङ्गो र नाश भइरहेको छ। कुचोले बढार्नुपर्ने कसिंगर गाजाले उडाइरहेछ!!!  

बालेन शाहले हालै गरेको  स्टाटस पोष्ट