गगनमाथि सिटौलाको प्रहार: ‘फेसबुक सचिवालय बन्द गर्नुस्, पार्टी बैठकमै कुरा गर्नुस्’
Ecoecopolitics Desk७ महिना अगाडि
नेपाली कांग्रेसका वरिष्ठ नेताकृष्णप्रसाद सिटौलाले महामन्त्रीगगन थापाको कार्यशैलीमाथि तीव्र असन्तुष्टि जनाएका छन्। सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा सिटौलाले गगनलाई ‘फेसबुक–केन्द्रित राजनीति’ रोक्न चेतावनी दिँदै पाँचवटा प्रश्न गरेका हुन्।
बैठकमा बोल्दै सिटौलाले सोधे,
“फेसबुकबाट नेतालाई गाली गर्ने सचिवालय बन्द गर्ने कि नगर्ने?”
उनले थप प्रश्न गर्दै भने,
“तपाईँले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोज्नुभएको हो? फेसबुकबाट सभापति छान्ने हो?”
सिटौलाले थापाको भूमिकामाथि प्रश्न उठाउँदै भने,
“तपाईँ आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन?”
उनले गगनलाई पार्टीको आन्तरिक छलफल र मतभेदबैठकभित्रै राख्नरसामाजिक सञ्जालमा नल्याउनआग्रह गरे। सिटौलाको भनाइमा भनिएको थियो,
“जे कुरा भए पनि बैठकमा राख्नुस्, फेसबुकमा लेखेर पार्टीलाई कमजोर नबनाउनुस्।”








