अब अन्तर्राष्ट्रिय उडानका लागि यात्रुले चार घण्टाअगाडि काउन्टर पुग्नुपर्ने

Author ImageEcoecopolitics Desk५ महिना अगाडि
Image of अब अन्तर्राष्ट्रिय उडानका लागि यात्रुले चार घण्टाअगाडि काउन्टर पुग्नुपर्ने

काठमाडौं – नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई उडान समयको कम्तीमा चार घण्टा अघि काउन्टरमा उपस्थित हुन आग्रह गरेको छ। एयरलाइन्सले जारी गरेको सूचनामा काउन्टर उडान समयको एक घण्टा अघि बन्द हुने समेत उल्लेख गरिएको छ।

 

नेपाल एयरलाइन्सले भारत, थाइल्यान्ड, मलेसिया, चीन, जापान, संयुक्त अरब इमिरेट्स लगायतका देशतर्फ नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ। यात्रुले समयमा काउन्टर पुगेर चेक-इन गर्नुपर्ने कारणले ढिला हुँदा उडान छुट्न सक्ने चेतावनी दिइएको छ।