जेनजी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने तानाशाहप्रति असन्तुष्टि
Ecoecopolitics Desk७ महिना अगाडि
जेनजी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने तानाशाहप्रति असन्तुष्टि व्यक्त उनि भन्छिन
निहत्था विद्यार्थीहरूमाथि गोली बर्षाउने आदेश दिने तानाशाह खुलेआम घुम्दैछ। अन्तरवार्ता दिदैछ। अझै पनि चुट्किला सुनाएर दुनिँया हसाईरहेको छ।मानिसहरू उसको चुट्किला सुनेर ताली पिटिरहेका छन । खासमा मानिसहरू चुट्किलामा ताली बजाईरहेका छैनन, उनीहरू त निरंकुश तानाशाहको हर्कबढाई गरिरहेका छन ।
दिक्क लाग्छ / अचम्म लाग्छ।यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान मानिसहरू ? एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरी हुर्किरहेका Gen Z हरूसँग आँखा जुधाएर कुरा गर्न पो कसरी सकिरहेका होलान ?
हाम्रा साथीहरूको रगत, सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाईते साथीहरूको शरीर झन बढी कटकट्याएर दुखिरहेको छ।ती प्रत्येक रगतका थोपाले न्याय पाउनैपर्छ। यी चिसा रातहरूमा नओभाई निदाउन संघर्षरत आमाहरूका आँखाले न्याय पाउनैपर्छ। दुखिरहेका प्रत्येक घाउहरूले न्याय पाउनैपर्छ ।
हामी हाम्रो खातिर न्याय कुरिरहेका छौं।
इन्कलाब जिन्दावाद।✊








