आईजीपी चन्द्रकुवेर लाइ ५०० रुपैयाँ जरिवाना

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of आईजीपी चन्द्रकुवेर लाइ ५०० रुपैयाँ जरिवाना

जेन जेड (Gen Z) आन्दोलनका क्रममा भएका घटनाहरूको सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङमाथि अनुसन्धानमा श्रृङ्खलाबद्ध असहयोग गरेको आरोप लगाउँदै ५०० रुपैयाँ जरिवानाको प्रस्ताव गरेको छ।

आयोगका अनुसार प्रहरी प्रशासनले आवश्यक कागजात, विवरण र प्रतिवेदन समयमा उपलब्ध नगराएको र आयोगले मागेका प्रमाणहरू उपलब्ध गराउने क्रममा ढिलासुस्ती गरेको कारण यो निर्णय गर्नुपरेको हो। आयोगले खापुङ नेतृत्वको प्रहरी प्रशासनले बारम्बार आयोगको निर्देशन बेवास्ता गरेको र सोबारे स्पष्टीकरण माग्दा पनि सन्तोषजनक जवाफ नआएको जनाएको छ।

जाँचबुझ आयोगका एक सदस्यका अनुसार, “राज्य संयन्त्रमा बसेर पनि प्रहरी प्रशासनले आयोगलाई पूर्ण सहयोग गर्नुपर्ने संवैधानिक दायित्व पुरा नगरेकाले प्रतीकात्मक जरिवानाको सिफारिस गरिएको हो।”