कीर्तिमानी नेपाली क्रिकेट टिम स्वदेश फर्कियो, पहिलो पटक टेष्ट राष्ट्रमाथि श्रृंखला जित्यो

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of कीर्तिमानी नेपाली क्रिकेट टिम स्वदेश फर्कियो, पहिलो पटक टेष्ट राष्ट्रमाथि श्रृंखला जित्यो

तेस्रो पटक विश्वकप टी–२० मा स्थान बनाउन सफल कीर्तिमानी नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। नेपालले यसपटक पहिलो पटक टेष्ट खेल्ने राष्ट्रलाई पराजित गर्दै टी–२० श्रृंखलामाथि कब्जा जमाएको हो।

नेपालले श्रृंखलामा २–१ को जीत हासिल गर्दै इतिहास रच्यो। यो पहिलो अवसर हो जब नेपालले छनोट चरणमा विजेता बनेर टी–२० विश्वकपमा स्थान बनाएको हो।

तर विश्वकप लिग–२ मा भने नेपालले निराशाजनक प्रदर्शन गर्‍यो। यूएईमा सम्पन्न श्रृंखलामा नेपालले यूएई र अमेरिकासँग २–२ खेल गुमाएको थियो।

टीम फर्किएपछि त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टिमलाई स्वागत गरेका थिए।