नेपाल प्रहरीको IGP मा दानबहादुर कार्की नियुक्त
Ecoecopolitics Desk९ महिना अगाडि
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई यही कार्तिक २८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको जानकारी दिएका छन्।








