सामुदायिक वनको नेतृत्वमा युवाको अभाव

Author ImageEcoecopolitics Desk३ हप्ता अगाडि
Image of सामुदायिक वनको नेतृत्वमा युवाको अभाव

सामुदायिक वनमा युवाको प्रतितिनिधित्व कति ?

देशव्यापी रुपमा युवाको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने बहस चलिरेह्को अवस्थामा सफल मानिएको हाम्रो सामुदायिक वनको कार्यसमितिमा युवावर्ग (३० बर्ष भन्दा कम उमेर) को प्रतिनिधित्व कति हो भनेर अध्ययन गर्दा डिभिजन वन कार्यालय चितवनको प्रारम्भिक तथ्यांक सहितको अध्ययनले निम्न अवस्था देखिएको छ l

चितवनका कुल ९३ वटा सामुदायिक वन मध्ये हामीसंग ८२ वटाको तथ्यांक आएका छन् जसको कुल पदाधिकारी ११०८ जना रहको पाइयो l यी मध्ये ३० बर्ष भन्दा कम उमेरका ६७ जना (६%) कार्यसमितिमा रहेछन l यसैगरी ३१ देखि ४० बर्ष समुहको ३०१ ( २७.१%), ४१ देखि ५० बर्ष समुहको ३९० जना (३५.२%), ५१ देखि ६० बर्ष को २९५ जना (२६.६%), ६१ देखि ७० उमेरको ७४ जना (६.७%) र ७० भन्दा माथि उमेरको १७ जना १.५%) देखिएको छ l

३० बर्ष मुनिका ६७ जना मध्ये ९ जना पदाधिकारी (५ जना कोषाध्यक्ष, २ जना सहसचिव, १ सचिव र १ उपाध्यक्ष) छन् l यो भनेको १ प्रतिशत भन्दा पनि कम हो l अझ अचम्म लाग्दो कुरा चाही यी ९ जना मध्ये ४ जना चेपाङ्ग, २ जना गुरुङ्ग, २ जना तामांग र १ जना परियार हुनुहुन्छ l लैगिक हिसाबले ९ जना पदाधिकारीमा ६ जना महिला र ३ जना पुरुष छन् l अझ रमाइलो कुरा चाही पदाधिकारीमा दुर्गम क्षेत्रमा देखिएता पनि भरतपुर क्षेत्रका सुगम र बाहुन क्षत्री, नेवार को बाहुल्य भएको सामुअद्यिक वनको कमजोर उपस्थिति छ l

यसले समग्र सामुदायिक वनको नेतृत्वमा युवाको अभाव देखिन्छ l हामी यसलाई आफ्नै कार्यक्रमको माध्यमबाट आगामी दिनमा यसलाइ मुख्य एजेन्डा को रुपमा लैजाने छौ l

(डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यकाे फेसवुक वाट साभार)