विशेष महाधिवेशनको प्रस्ताव फिर्ता हुँदैन -गगन थापा

Author ImageEcoecopolitics Desk४ महिना अगाडि
Image of विशेष महाधिवेशनको प्रस्ताव फिर्ता हुँदैन -गगन थापा

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषय चर्चा भइरहेको समयमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट बताएका छन्। उनका अनुसार विधानअनुसार विशेष महाधिवेशनको माग भइसकेकाले केवल तालिका बनाएको भरमा त्यसलाई रोकिन सक्दैन। थापाले विशेष महाधिवेशन माग्नेहरूलाई वास्तविक महाधिवेशन चाहिएको र केवल तालिका पर्याप्त नहुने बताए।

उनका अनुसार पुस महिनाभित्र नियमित महाधिवेशनको तालिका आए पनि महाधिवेशन हुने–नहुने टुंगो पुसको पहिलो सातामै लाग्नेछ। उनले महाधिवेशनको तालिका बनाएर पनि नगर्ने मनसाय देखिए अहिले देखिएको सहमति केही दिनमै कमजोर हुने चेतावनी दिए। थापाले नियमित महाधिवेशन नआगे विशेष महाधिवेशन स्वाभाविक रूपमा अघि बढ्ने दाबी

थापाले सभापति शेरबहादुर देउवासँग आइतबार कुनै संवाद नभएको बताउँदै अबको छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मात्र हुने स्पष्ट पारे। कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ, जहाँ कार्यवाहक सभापति खड्काले पुसभित्र नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्ने तयारी गरेको बताइएको छ।