नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
Ecoecopolitics Desk८ महिना अगाडि
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको आधिकारिक प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्नुभएको छ।
एमाले महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले लोगो औपचारिक रूपमा उजागर गर्नुभयो। कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सचिवालय तथा केन्द्रीय पदाधिकारीहरूको उपस्थिती थियो।








