नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तालिका सार्वजनिक,

Author ImageEcoecopolitics Desk२ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तालिका सार्वजनिक,

काठमाडौं। नेपाली कांग्रेसले लामो बहस–छलफलपछि आफ्नो १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको छ। डेढ महिनासम्म चलेको विस्तारित बैठकको निष्कर्षमा आइतबार पार्टीले महाधिवेशनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो।

 

यससँगै क्रियाशील सदस्यता वितरणदेखि सबै तहका अधिवेशनसम्मको सम्पूर्ण तालिका तय भइसकेको छ। २० मंसिरभित्र नयाँ क्रियाशील सदस्यताको फारम पठाउने र ५ पुसभित्र सदस्यता टुंग्याउने लक्ष्य कांग्रेसले राखेको छ।

 

कांग्रेसको महाधिवेशन तालिका यस्तो

 

२०८२ पुस १६ — गाउँ/नगर/वडा अधिवेशन

२०८२ पुस १७ — गाउँ/नगरपालिका अधिवेशन

२०८२ पुस १९ — प्रदेशसभा क्षेत्रीय अधिवेशन

२०८२ पुस २१ — प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक निर्वाचन क्षेत्र भएका जिल्लामा)

२०८२ पुस २२ — बहु–निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन

२०८२ पुस २४–२६ — प्रदेश अधिवेशन

२०८२ पुस 26–28 — केन्द्रीय महाधिवेशन, काठमाडौं

 

क्रियाशील सदस्यता टुंग्याउने कडा समयसीमा

 

कांग्रेसले नयाँ तथा नवीकरण सदस्यता वितरणलाई कडाइका साथ समयभित्र पूरा गर्न निर्देशन दिएको छ।

• मंसिर २४ सम्म वडा–स्तरसम्म फारम पठाइने

• पुस ८ भित्र वडा, पालिका, क्षेत्रीय हुँदै जिल्ला तहसम्म सबै सूची संकलन र बुझाइने

• पुस १०–१४ भित्र केन्द्रमा अन्तिम सूची पठाइने, छानबिन समितिबाट अनुमोदनपछि निर्वाचन समितिलाई सुपुर्द गरिने

 

नयाँ सदस्यता वितरणमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खस–आर्य, मुस्लिम, थारू समुदायको समानुपातिक प्रतिनिधित्व तथा १८–३० वर्ष युवाहरूलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।

 

विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन

 

नेपाली जनसम्पर्क समितिको नयाँ तथा नवीकरण सदस्यता

• मंसिर मसान्तभित्र टुंग्याइने

• पुस ३ सम्म केन्द्रमा पठाइने

• पुस १५ भित्र अधिवेशन सम्पन्न गरिने

 

केन्द्रीय संरचना र पदावधि थप

 

जेन–जी आन्दोलनपछि पार्टी संरचना अवरुद्ध भएको भन्दै कांग्रेसले केन्द्रीयदेखि वडा तहसम्म सबै पदाधिकारीको कार्यकाल २०८२ माघ मसान्तसम्म बढाउने निर्णय गरेको छ। यो निर्णय निर्वाचन आयोगलाई आधिकारिक रूपमा जानकारी गराइनेछ।

 

राष्ट्रियसभा, प्रतिनिधिसभा निर्वाचनका टिकट अब एकैसाथ

 

आगामी माघ ११ मा हुने राष्ट्रियसभा चुनाव तथा प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) निर्वाचनका लागि पार्टीले टिकट सिफारिस प्रक्रियालाई एकीकृत रूपमा अघि बढाउने जनाएको छ।

यसपटक तीनै तहका उम्मेदवारको नाम मंसिर मसान्तमै केन्द्रमा ल्याएर एकैपटक निर्णय गर्ने तयारी छ। पार्टी नेतृत्वले यसले न्याय, समावेशिता र पारदर्शिता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

 

यससँगै नेपाली कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशन मोडमा प्रवेश गरेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व, संशोधित विधान र आगामी राजनीतिक दिशानिर्देश तय हुने अपेक्षा गरिएको छ।