आज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँ

Author ImageEcoecopolitics Desk२ हप्ता अगाडि
Image of आज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँ

मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई द्वन्द्वमा जबरजस्ती भर्ती गरिनेजस्ता आधुनिक दासत्वका रूपविरुद्ध विश्वव्यापी चेतना फैलाउने उद्देश्य यो दिवसको मूल सार हो। संयुक्त राष्ट्रसंघले सन् १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।

राष्ट्रसंघका अनुसार आज पनि विश्वभर पाँच करोडभन्दा बढी मानिस आधुनिक दासत्वको जोखिममा छन्, जसमा महिला र बालबालिकाको संख्या उल्लेख्य रुपमा बढी छ। जातीय विभेद, गरिबी, सामाजिक बहिष्कार र संरचनात्मक असमानताका कारण केही समुदाय अझै पनि शोषणको गम्भीर जोखिममा रहेका छन्। विशेषगरी प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न प्रकारका जबरजस्ती श्रम र आर्थिक शोषणमा फस्ने गरेको पाइन्छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व अन्त्यका लागि सरकार, नागरिक समाज, कानुनी निकाय तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको जनाएको छ। संस्थाले आधुनिक दासत्वबाट मुक्त पीडितको उद्धार, पुनःस्थापना, न्याय सुनिश्चितता तथा दीर्घकालीन सुरक्षामा जोड दिँदै प्रभावकारी नीति र कडा निगरानी जरुरी भएको बताएको छ।