नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर

Author ImageEcoecopolitics Desk४ महिना अगाडि
Image of नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरूद्ध नलिन्चोक हेलीप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। बुधबार दायर गरिएको मुद्दामा तत्कालीन निर्देशक मुरारी भण्डारी, उप–प्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रा.लि. र सोही कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारले प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरेको छ। नलिन्चोकमा निर्माण हुने भनिएको हेलीप्याडका काममा महत्त्वपूर्ण अनियमितता भएको ठहरपछि अनुसन्धान अघि बढाइएको र सम्पूर्ण तथ्य–प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

विशेष अदालत स्रोतका अनुसार आरोपीहरू आज र भोलि अख्तियारको हिरासतमा रहनेछन्। पर्सिबाट मुद्दाको औपचारिक बहस सुरु हुने तयारी छ। भक्तपुरस्थित नलिन्चोक हेलीप्याड निर्माण प्रक्रियामा सार्वजनिक रकम दुरुपयोग भएको आशंकाका आधारमा दायर गरिएको यो मुद्दाले उच्च तहका कर्मचारी संलग्नताबारे फेरि नयाँ बहस सुरु भएको छ।