NTUC/JILAF को सहयोगमा तीन दिने कृषि परियोजनाको उद्घटन

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of NTUC/JILAF को सहयोगमा तीन दिने कृषि परियोजनाको उद्घटन

NTUC/JILAF को सहयोगमा ललितपुरमा तीन दिने कृषि परियोजनाको औपचारिक उद्घाटन गरिएको छ। ४ देखि ६ डिसेम्बर २०२५ सम्म सञ्चालन हुने यो परियोजना कृषि क्षेत्रको सीप विकास, उत्पादन वृद्धि तथा श्रमिकहरूको आर्थिक सशक्तिकरणमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन काँग्रेस ललितपुर अध्यक्ष तथा महिला नेतृ  दुर्गा भण्डारीलेगरेकी थिइन्।  जिल्ला समिति ललितपुरको तर्फबाट उज्ज्वल कृष्ण प्रधान नापिकले मन्तब्य बाट स्वागत गरेका थिए।

ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सदस्य कमल कुमार बिष्ट, कोषाध्यक्ष सञ्जय कुमार दाहाल, उपमहासचिव तथा JILAF फोकल पर्सन देवदत्त बडु समेतले परियोजना सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति अध्यक्ष योगेन्द्र कुमार कुँवरले एनटियुसि र जिलाफले नेपालमा दक्ष कृषक उत्पादन गर्न अहम भुमिका निर्बाह गरेको बताउनुभएको थियो

ललितपुरका विभिन्न पालिकाबाट नौ जना अगुवा किसान परियोजनामा सहभागी भएका थिए ।कृषि प्रविधि आदान–प्रदान तथा अन्तर्राष्ट्रिय अनुभव साझा गर्ने उद्देश्यलेजापानबाट कृषि विज्ञ नाकाता कोजि, थाइJILAF प्रमुख तेरु र मिन्दा जिकार्यक्रममा सहभागी भएर  किसानहरूलाई  उनीहरूले आधुनिक बाली व्यवस्थापन, जैविक उत्पादन, श्रम–कुशल प्रविधि तथा उत्पादन बजार व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासबारे प्रशिक्षण दिनेछन्।

यस्तै, स्थानीय रिसोर्स पर्सन  रिता सुनार र बेगम शाहीलेसहभागीहरूलाई व्यावहारिक तथा स्थानीय अनुकूल सीपमूलक तालिम दिइरहेका छन्।JILAF का नेपाल प्रतिनिधि लक्ष्मण शाहीले तालिममा सहभागी किसान र जापानी प्रतिनिधिहरूबीच भाषा अनुवादमा सहयोग गर्नुभएको छ।”

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरका उपाध्यक्ष रामप्रसाद भण्डारी, ईश्वरी नेपाली, कोषाध्यक्ष सन्तोष भुजेल लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

आज बाट चलेको उक्त  परियोजना सैद्धान्तिक (थेउरी) तथा व्यावहारिक (प्राक्टिकल) दुवै रू महालक्ष्मी–९, लुभुमा संचालन भएको नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरका उपाध्यक्ष रामप्रसाद भण्डारीले ecoeco politics लाइ जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरका सचिव माधव चन्दले गरेका थिए।

उद्घाटन सत्रमा स्थानीय प्रतिनिधि, कृषक समूह, श्रमिक अगुवा तथा ट्रेड युनियन पदाधिकारीहरूको उत्साहपूर्ण सहभागिता थियो। सहभागीहरूले आधुनिक कृषि प्रविधि, सीप अभिवृद्धि, उत्पादन प्रणाली सुदृढीकरण तथा कृषि व्यवसायिकरणका विषयमा प्रत्यक्ष तालिम पाउनेछन्।

आयोजकका अनुसार यस परियोजनाले स्थानीय किसान र श्रमिकहरूको उत्पादकता, सीप क्षमता र आर्थिक आत्मनिर्भरता बढाउन दीर्घकालीन रूपमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।