तीन महिनापछि भाटभटेनीको मुख्य गोदाम पुनः सञ्चालन
Ecoecopolitics Desk१ हप्ता अगाडि
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले करिब तीन महिनापछि आफ्ना गतिविधि सुचारु गर्दै मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।
बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको भाटभटेनी व्यवस्थापनले जनाएको छ। आन्दोलनका क्रममा १२ वटा स्टोरमा गरी करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले पुनः निर्माण र मर्मत कार्य पूरा गरेपछि गोदाम चालु गरिएको हो।
आगजनी र तोडफोडले क्षति पु¥याएको संरचना, भण्डारण प्रणाली तथा सामग्री व्यवस्थापन पुनः निर्मित भएपछि गोदाम सञ्चालनमा आएको भाटभटेनीले बताएको छ। ठूलो आर्थिक नोक्सानीपछि पनि सेवा प्रवाहलाई नियमित बनाउन तीव्र रूपमा पुनः व्यवस्थापनको काम गरिएको र गोदाम सञ्चालनमा आएसँगै प्रभावित स्टोरहरूको आपूर्ति क्रमशः सहज हुँदै जाने संस्थाले जनाएको छ।



.jpeg)



