पोखरा एभेन्जर्सले १९.४ ओभरमै चितवन राइनोजलाई हराउँदै जित दर्ता
Ecoecopolitics Desk१ हप्ता अगाडि
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध शानदार जित दर्ता गरेको छ । सोमबार सम्पन्न खेलमा पोखराले १९.४ ओभरमै लक्ष्य पूरा गर्दै विजय हासिल गर्यो ।
चितवन राइनोजले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १२० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । तर जवाफी ब्याटिङमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन चम्किए । उनले ४८ बलमा ६५ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई जितसम्म पुर्याए । साथै अर्जुन कुमालले ४३ रनको योगदान दिए ।
चितवनका बलरहरूले पोखराका प्रमुख ब्याट्सम्यानलाई रोक्न प्रयास गरे पनि प्रभाव जमाउन नसक्दा खेल पोखराको पक्षमा ढल्कियो । अन्त्यतिर दबाब भइरहेका बेला पोखराले सहजै लक्ष्य भेट्टाउँदै सिजनलाई सकारात्मक नतिजासहित समाप्त गर्यो ।
यो जितसँगै पोखरा एभेन्जर्सले एनपीएल २०२५ मा आफ्नो प्रदर्शनलाई सम्मानजनक रूपमा टुङ्ग्याएको छ।



.jpeg)



