एनपीएलमा लिग चरणको अन्तिम खेल आज : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of एनपीएलमा लिग चरणको अन्तिम खेल आज : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। दिउँसो ३:३० बजे हुने यस खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

६ खेलबाट समान २ अंक मात्रै जोड्न सफल दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका कारण आजको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ। लिग चरणमा राम्रो प्रदर्शन गर्न नसकेका यी दुवै टोली आजको अन्तिम खेलमार्फत सकारात्मक अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।

यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स पहिलो क्वालिफायरका लागि छनोट भइसकेका छन्। त्यस्तै काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।