मन्त्रिपरिषद् विस्तार : इङनाम, भण्डारी, चौलागाईं र श्रेष्ठ मन्त्री बन्नदै

Author ImageEcoecopolitics Desk४ दिन अगाडि
Image of मन्त्रिपरिषद् विस्तार : इङनाम, भण्डारी, चौलागाईं र श्रेष्ठ मन्त्री बन्नदै

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार हुने भएको छ। वर्तमान मन्त्रिपरिषद्‌मा चार नयाँ मन्त्री थपिने तयारी हुँदैछ।थपिन लागेका मन्त्रालयका लागि सिफारिस भएका मन्त्रीहरू यसप्रकार छन्–

 

  • कुमार इङनाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
  • राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  • माधव चौलागाईं – वन तथा वातावरण मन्त्री
  • श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

 

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा आइपुगेको स्रोतले जनाएको छ।