नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्यो, सिरियल नम्बर सहितका फारम पठाइँदै
Ecoecopolitics Desk८ महिना अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि सिरियल नम्बर सहितका फारम पठाउन सुरु गरेको छ। यसअघि सिरियल नम्बर बिनाका फारम फिर्ता माग्ने निर्णय गरेअनुसार बुधबारदेखि नयाँ फारम पठाउन थालिएको समितिले जनाएको छ।
समितिका सदस्य प्रकाश स्नेहीका अनुसार यसअघि पठाइएका ६ लाख नयाँ क्रियाशील सदस्यता फारममध्ये करिब ४ लाख फारम सिरियल नम्बर बिनाका थिए। ती फारम प्रयोग गर्ने वा नगर्ने विषयमा विवाद उत्पन्न भएपछि मंगलबार बसेको समितिको बैठकले सिरियल नम्बर बिनाका फारम फिर्ता मागेर सिरियल नम्बर सहितका फारम पठाउने निर्णय गरेको हो।
सोही निर्णय कार्यान्वयन गर्दै बुधबारदेखि फारम वितरण प्रक्रिया सुरु गरिएको हो। समितिले फारम पठाउँदा हिमाली जिल्लालाई प्राथमिकतामा राखिएको जनाएको छ।








